logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

गठबन्धन र एमाले कार्यकर्ताबीच प्यूठानमा झडप हुँदा घाइते

img
गठबन्धन र एमाले कार्यकर्ताबीच प्यूठानमा झडप हुँदा घाइते

काठमाडौं,  प्यूठानमा सत्ता गठबन्धन दलका समर्थक र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ।

प्यूठानको सरुमारानी गाउँपालिकामा भोट माग्दै हिँडेका दुई पक्षका कार्यकर्ताबीच झडपसमर्थकहरुबीच हशंपुरमा झडप भएको हो। झडपमा शंकर विश्वकर्मा, रमेश राना, टेकेन्द्र मस्र्याङ्दी, गुमान सिंह लम्तरी घाइते भएका छन्।

घाइतेमध्ये एकजनाको उपचार बुटवलमा र तीनजनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। 

एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार झगबहादुर विश्वकर्माले आफूमाथि कुटपिट भएको बताएका छन्। तर दुवै पक्षबाट घटनाका विषयमा कुनै आधिकारिक धारणा आएको छैन।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मौन अवधि सुरु भइसकेको छ।

img