logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

प्यूठानमा ६७ जना युवा एमालेमा प्रवेश

img
प्यूठानमा ६७ जना युवा एमालेमा प्रवेश

प्युठान,  होलीको बिहानी दिनमै कांग्रेस प्यूठान नगरपालिका वडा नं ७ बाट ६७ जना युवाहरु नेकपा एमालेमा पार्टी प्रवेश गरेका छन्। राष्ट्रिय जनमोर्चा जिल्ला समिति सदस्य तथा नेपाल दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेश सचिव सम्शेर नेपाली, नेकपा माओवादी केन्द्रका प्यूठान नगरपालिका कमिटी सदस्य भरत नेपाली, विजय नेपाली तथा गोविन्द थापा सहित ६७ जना युवाहरु राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र तथा नेपाली कांग्रेस परित्याग गरी एमालेमा समाहित भएको एमाले प्युठानका अध्यक्ष विजय विराज विष्टले जानकारी दिएका छन्।
नव-प्रवेशीहरूलाई विहीबार एमाले पार्टी कार्यालय बिजुवारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापा, सह इन्चार्ज तथा लुम्बिनी प्रदेश सांसद हरि रिजाल, पार्टी अध्यक्ष विजय विराज विष्ट, सचिव माधव शर्मा, उप सचिव दीपा घर्ति पौडेल लगायतका नेताहरुले स्वागत गर्दै पार्टी प्रवेश गराएका छन्।
दलित समुदायको मुक्ति, हक अधिकारको सुनिश्चितता गर्ने पार्टी नै एमाले भएको कार्यक्रमका प्रमुख अतिथि सूर्य थापाले बताए । युवाहरुको पार्टी प्रवेशसंगै कांग्रेस गढ मानिने टिकुरी, पुण्यखोलामा अवस्थित विपक्षी पार्टीहरुमा ८ रेक्टरको पराकम्पन जाने  थापाको भनाई थियो।

img