गुल्मी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सुमित्रा श्रेष्ठ अमात्यले पछिल्लो समयमा सरकारी कार्यालयमा गए आर्थिक लेनदेन वीना काम हुँदैन भन्ने गुनासाहरु आउने बताइन्। मंगलबार जिल्ला प्रशासन कार्यालय गुल्मीमा भएको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धन सम्बन्धी जिल्ला स्तरिय अन्र्तक्रिया कार्यक्रममा सर्वसाधरणलाई सरकारको अनुभूति हुने गरी काम गर्न निर्देशन दिइन् ।
भ्रष्टाचार नगरे अख्तियारसंग डराउन नपर्ने बताइन । उनले भ्रष्टाचार नगरे डराउन नपर्ने र भ्रष्टाचार गरे कसैलाई नछाड्ने उनको भनाई छ, भ्रष्टाचार गर्नु अपराध भएको भन्दै भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कानुनी दायमा ल्याउनु पर्नेमा उनले जोड दिइन । सरकारी कर्मचारीहरुले इस्टिमेट र मुल्याङकन गर्दा विभिन्न चलखेलहरु हुने गरेका उजुरीहरु अख्तियारमा आउने गरेको भन्दै वास्तबिक इस्टिमेट गर्न र मुल्याङक न गर्न पनि आयुक्त श्रेष्ठले आग्रह गरिन ।
अख्तियारमा परेका उजुरीहरुको प्रतिक्रिया माग्दा अनाबश्यक र चाहिने भन्दा बढी पठाउने गरेका भन्दै चाहिने मात्रै र मागेको मात्रै पठाउन उनको आग्रह थियो ।