logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

लुम्बिनी विकास राष्ट्रिय समृद्धिको आधारशिला बन्न सक्छ : सभापति पुन

img
लुम्बिनी विकास राष्ट्रिय समृद्धिको आधारशिला बन्न सक्छ : सभापति पुन

कपिलवस्तु, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनीको विकास भए नेपालको समृद्धिको आधारशिला तय हुन सक्ने बताएका छन् ।कपिलवस्तु उद्योग बाणिज्य संघद्वारा विहिबार बाणगंगामा आयोजित कपिलवस्तु महोत्सव तथा कृषि पर्यटन प्रर्दशनीलाई सम्बोधन गर्दै सभापति पुनले लुम्बिनीको विकास राष्ट्रिय विकासको महत्त्वपूर्ण आधार भएको बताएका हुन् ।

संविधानसभा सदस्य समेत रहेका पुनले संघीय सरकार र प्रदेश सरकारले लुम्बिनीको पर्यटन, कृषि तथा संस्कृतिक प्रबर्द्धनका लागी विशेष कार्यक्रम ल्याउनु पर्ने बताए ।उनले अबको यात्रा विकास र समृद्धिको यात्रा हुनु पर्ने कुरा उल्लेख गरे ।उनले भने, हामीले राजनीतिक क्रान्तिको महत्त्वपूर्ण अध्याय पूरा गरेका छौं ।नेपाली जनताको सात दशक लामो संघर्षबाट संविधान प्राप्त गरेका छौं । अब हामी देशको आर्थिक, सामाजिक, शैक्षिक र पर्यटन विकासमा केन्द्रित हुनुपर्ने छ ।सभापति पुनले नेपाल संघीयता कार्यनयनको प्रारम्भिक चरणमा रहेकोे कुरामा जोड दिदै स्थानीय, प्रदेश र संघीय सरकारको सहि व्यवस्थापनमा ध्यान दिनुपर्र्नेमा जोड दिए ।

img