logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

मानवसेवाभन्दा माथि कुनै विचार सिद्धान्त छैन - प्रधानमन्त्री

img
मानवसेवाभन्दा माथि कुनै विचार सिद्धान्त छैन - प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रले आम जनतालाई सार्वभौम बनाएको बताउनुभएको छ। जनताका अधिकारलाई संविधानमार्फत् सम्पन्न बनाउने युगान्तकारी घोषणा गरेको बताउनुभयो।

हेटौँडामा आज आयोजित मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले इतिहासमा नै पहिलोपटक जनताका हक अधिकार सुनिश्चित गर्न संविधानले व्यवस्था गरेको बताउनुभयो। उहाँले मानवसेवा आश्रमका अभियन्ताहरुले राज्यले गरेको काम गरिरहेका बताउनुभयो । नेपालबाट विश्वभर मानवताको सन्देश दिन सम्भव रहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। उक्त कार्यका लागि हामी सबैको मुख्य उद्देश्य मानव सेवा हुनुपर्ने उहाँले धारणा व्यक्त गर्नुभयो।

img
img