logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

होशियार सास बाट टिबि फैलिदैं

img
होशियार सास बाट टिबि फैलिदैं

क्षयरोग (टीबी) एक गम्भीर सङ्क्रामक रोग हो, सामान्यतया यो संक्रमित व्यक्तिले खोक्दा , हाच्छिउँ गर्दा एक वाट अर्कोमा फैलिन्छ । तर पछिल्लो अनुसन्धानमा एउटा चकित पार्ने खुलासा भएको छ । अध्ययन अनुसार ८० प्रतिशत भन्दा बढी क्षय रोगीमा लगातार खोकी लाग्ने लक्षण नदेखीकोले यो श्वास प्रश्वास बाट पनि सर्ने सम्भावना छ ।

नेदरल्याण्डको आम्सटर्डम युनिभर्सिटी मेडिकल सेन्टरका वैज्ञानिकहरूले अफ्रिका र एसियाका ६ लाख भन्दा बढी मानिसमा गरेको अध्ययनमा ६२ प्रतिशत बिरामी लाई कुनै पनि हालत मा खोकी नलागेको र २० प्रतिशतमा दुई साता भन्दा कम समय सम्म मात्र खोकी लागेको देखियो । यो अनुसन्धानको नतिजा पीएनएएस मा प्रकाशित भएको छ । अनुसन्धान कर्ताहरूले सबक्लिनिकल पल्मोनरी टिबी पत्ता लगाउन डेटालाई तीन चरणहरूमा विभाजन गरे । यस अन्तर्गत दुई हप्ता वा सो भन्दा बढी सम्म लगातार खोकी नलागेको, कुनै पनि खोकी नभएको र कुनै लक्षणहरू पनि नभएको मा वाडे । 


यस अध्ययनमा कुल ६ लाख २ हजार ८ सय ६३ जना सहभागीहरू समावेश थिए । यिनी हरूलाई तीन समूहमा विभाजन गरेर विश्लेषण गरियो । अध्ययनको ८२.८ प्रतिशत लाई निरन्तर खोकी देखिएन । यस्ता बिरामीमा रोग पहिचान गर्न र उपचार गर्न गाह्रो थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसार सन् २०२२ मा क्षयरोगका कारण १३ लाख मानिसले ज्यान गुमाएका थिए । कोरोना महामारी पछि यो रोग मृत्युको दोस्रो प्रमुख कारण बन्यो । अध्ययनमा खोकी बिनाको क्षयरोगको अनुपात महिला, युवा र शहरी बासिन्दामा बढी पाइयो ।


भिडियो समाचारको लागि यहाँ क्लिक गर्नुहोस : allsearchnews | समाचार पढनु भएकोमा धन्यवाद । दोहरो संम्वादको लागी मेल गर्न सक्नु हुन्छ । सम्पर्क इमेल : searchallnepal@gmail.com 

img
img