काठमाडौँ, माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेदेखि देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिर्वाय अंग्रेजी विषयको परीक्षा हुँदैछ। परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन्। जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन्।
कोभिड-१९ महामारीका कारण अघिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेको थियो ।



















