logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

युक्रेनमा अढाई लाख गर्भवतीको बेहाल

img
युक्रेनमा अढाई लाख गर्भवतीको बेहाल

काठमाडौं, रुसले युक्रेनमाथि आक्रमण थालेको डेढ महिना नाघिसकेको छ । तर पनि रुस अझै शान्त हुने देखिएको छैन । युक्रेनले ठूलो क्षति व्यहोरेको छ । युक्रेनको मारियुपोल सबैभन्दा ठूलो क्षति भोग्ने शहर बनेको छ । जहाँका मेयर वादिम बायचेन्कोका अनुसार त्यहाँमात्रै १० हजार भन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । 

रुसले पछिल्लो समय युक्रेनको खार्किवमा ६६ पटक आक्रमण गरेको छ । जसमा एक बालकसहित ११ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । अहिलेसम्म १८३ बच्चाको मृत्यु भएको छ । ३४२ जना घाइते भएका छन् । युद्ध शुरु भएदेखि २ लाख ६५ हजार युक्रेनी महिला गर्भवती थिए । जसमा ८० हजार बच्चा आगामी तीन महिनाभित्र हुँदैछ । तर ती गर्भवतीले कुनै स्याहार सुसार पाएका छैनन् । 

img