logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

अर्थमन्त्रीले मात्रै बजेटमा बदमासी गर्न सक्दैनन् - ओली

img
अर्थमन्त्रीले मात्रै बजेटमा बदमासी गर्न सक्दैनन् - ओली

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीको मात्रै संलग्नतामा बजेट निर्माणको प्रक्रियामा करको दर हेरफेर नभएको दाबी गर्नुभएको छ ।

सोमबार सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले करका दर हेरफेरमा सिङ्गो गठबन्धन र अन्य शक्तिहरू सामेल भएको दाबी गर्नु भएको हो ।

‘हतियार खरिद अर्थमन्त्रीले मात्रै न गर्न सक्छ न बजेटमा यत्रो बदमासी गर्न सक्छ ?’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको टिप्पणी छ । उहाँले मुलुकको आर्थिक अवस्था यही ढंंगले जाने हो भने नेपाल पनि श्रीलङ्का भन्दा कम नहुने पनि बताउनुभयो । ‘ यसलाई ब्रेक नलगाउने हो भने कम्तीमा श्रीलङ्काको अवस्थामा पुगिन्छ’, ओलीले भन्नुभयो, ‘तसर्थ सतर्क हुनुपर्छ ।’

img