logo
img
आइतबार, १८, चैत्र, २०८०
०८:०७:०२
logo
img

पाँच दलीय गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय

img
पाँच दलीय गठबन्धनले  चुनावी तालमेल गर्ने निर्णय

काठमाडौं, सत्तारुढ पाँँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको पाँँच दलीय गठबन्धन बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो । 

बिहीबार सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेपछि शुक्रबार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेका हुन् । भागबण्डाका विषयमा भने दलहरु निचोडमा पुग्न सकेका छैनन् । कार्यदल बनाएर अगाडि बढ्नेबारेमा थप छलफल हुने बुझिएको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जानुअघि यो निर्णय भएको हो । स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनले चुनावी तालमेल गरेका थिए । 

img
img