Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
Space For Advertisement Contact Us At 4518759
प्रदेश

लमजुङको सुन्दरबजारमा अनिश्चितकालीन निषेधाज्ञा

09 Mar 2022 0 Comment

लमजुङको सुन्दरबजारमा अनिश्चितकालीन निषेधाज्ञा
Space For Advertisement Contact Us At 4518759

लमजुङ, सुन्दरबजार नगरपालिकास्थित सिउँडीबार क्षेत्रमा आज बिहान ६ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।

सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा फ्युचर स्टार आवासीय मावि कक्षा १० मा अध्यनरत तनहुँको भानु नगरपालिका–९ घर भएका १७ वर्षीय सनिज श्रेष्ठको मङ्गलबार मृत्यु भएको थियो। त्यसपछि भइरहेको प्रदर्शनका कारण शान्ति सुरक्षालाई ध्यानमा राखेर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सुन्दरबजार क्षेत्रमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए।

उनका अनुसार सुन्दरबजार–७ को पूर्व–दक्षिणस्थित पाउँदी पुल, पूर्वतर्फ राइनासतर्फको मर्स्याङ्दी नदीको पुल, पश्चिमतर्फ सोही नगरपालिकाको वडा नं ९ को मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना केन्द्रको आवास क्षेत्र अगाडिको पुल र उत्तरतर्फ सोही वडाको सिउँडीबार चोकसमेत चार किल्ला क्षेत्रमा निषेधाज्ञा जारी जारी गरिएको छ।

त्यहि विद्यालयका शिक्षक सरोज ओलिया र कक्षा १० मै अध्ययनरत सविन गुरुङसँगै पौडी खेल्न गएका थिए। मृत्यु भएका सनिज विद्यालयको छात्रबासमा बस्दै आएका थिए।

उनको पौडी खेल्ने क्रममा मृत्यु भएपछि मृतकका आफन्तले विद्यालयले लापरवाही गरेको भन्दै सो क्षेत्र मङ्गलबार तनावग्रस्त बनाएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो।

Space For Advertisement Contact Us At 4518759
Share:
Space For Advertisement Contact Us At 4518759

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Space For Advertisement Contact Us At 4518759

No comment found

Space For Advertisement Contact Us At 4518759