सत्तागठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरे पनि कुन महानगर कसले लिने भन्ने नै यकिन नभएकोले महानगर कार्यसमितिबाट आकांक्षीका नाम सिफारिस नगरेको सभापति निलकाजी श्रेष्ठले बताए। गठबन्धनको निर्णय पर्खंदा मेयर र उपमेयरका लागि नाम सिफारिस गर्न ढिलाइ भइरहेको छ।’ ०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ मै उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको तालिका छ। तर अहिलेसम्म कुन पदमा को उम्मेदवार हुने भन्ने पार्टीमा छलफल र निर्णय हुन नसकेको सभापति शाक्य बताउँछन्।
आकांक्षीहरूले आन्तरिक तयारी गरे पनि पार्टी कार्यसमितिले औपचारिक बैठक गरेर मेयर तथा उपमेयरका लागि नाम माग्ने काम अहिलेसम्म नभएको उनले बताए। सत्तागठबन्धनको निर्णय पर्खदा उम्मेदवार सिफारिसमा ढिलाइ भएको उनी बताउँछन्। कांग्रेसमा पार्टी कार्यसमितिले उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम सिफारिस गर्ने गर्छ। महानगरको उम्मेदवार छान्ने अधिकार भने विधानले केन्द्रीय संसदीय समितिलाई दिएको छ। मेयरका लागि कांग्रेस काठमाडौं महानगरका सभापति शाक्य पनि आकांक्षी छन्। उनी काठमाडौं महानगर वडा नम्बर २५ का अध्यक्ष हुन्। ०७४ मा उनले कम्युनिष्टहरूको गढ मानिने क्षेत्रबाट वडाध्यक्ष जितेका थिए।
‘महानगरको मेयरका लागि मेरो नाम एक नम्बरमा सिफारिस हुन्छ,’ उनले भने, ‘महानगरका पार्टीका नेता/कार्यकर्ताले मलाई महाधिवेशनका बेला चुनिसकेका छन्। अब अवसर दिए महानगरको मेयर भएर काम गर्छु।’ यस्तै महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ पनि मेयरमा उठ्ने तयारी गर्दैछिन्। उनले उपमेयर भएर काम गरेकोले अब मेयरमा आफू स्वभाविक दाबेदार रहेको बताउने गरेकी छन्। ‘पाँच वर्ष महानगरमा काम गरेँ, अनुभव पनि छ पार्टीले पक्कै पनि मूल्यांकन गर्ला,’ उनले भनिन्, ‘महिलाले महानगर हाँक्नुपर्छ भन्ने हो।’ ऐतिहासिक सम्पदा संरक्षणमा भूमिका खेलेकोमा खड्गीको प्रशंसा पनि हुने गरेको छ।
महानगरको वडा नम्बर १६ का अध्यक्ष रहेका मुकुन्द रिजाल पनि मेयरका लागि आकांक्षी छन्। यस्तै कांग्रेस महानगर कार्यसमितिको अधिवेशनमा निलकाजीसँग पराजित भएका प्रगतिमान रञ्जित पनि मेयरका लागि आकांक्षी छन्। महानगरका सचिव सुसन वैद्य पनि मेयर पदका लागि आकांक्षी छन्। महानगरको मेयरका लागि सिर्जना सिंहको पनि चर्चा छ। नेपाल महिला संघ काठमाडौंकी सल्लाहकार रहेकी सिंहलाई गत चैत दोस्रो साता महिला संघले मेयर पदका लागि उठाउने निर्णय गर्दै पार्टीमा पहल गर्ने बताएपछि सिंहको चर्चा हुन थालेको हो।
सिंह काठमाडौं क्षेत्र नम्बर ७ मा कांग्रेस महाधिवेशन प्रतिनिधि छिन्। नेता प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी उनी नेविसंघ र महिला संघको राजनीति गर्थिन्। स्थानीय चुनावमा महिलाको प्रतिनिधित्व बढाउन पहल गरिरहेको नेपाल महिला संघकी काठमाडौं अध्यक्ष विष्णुदेवी पुडासैनीले बताइन्। ‘वडादेखि मेयरसम्म ३३ प्रतिशत महिला नेतृत्व हुनुपर्छ भनेर हामीले छलफल गरेका छौं। काठमाडौं महानगरमा सिर्जना सिंहलाई टिकट दिनुपर्छ भनेर महिला संघले चैत १४ गते निर्णय पनि गरेको छ,’ उनले भनिन्, ‘त्यसको भोलिपल्ट चाक्सीबारी पुगेर सिर्जना भाउजूलाई यो निर्णयबारे जानकारी पनि दिइएको थियो।’
सिंहनिकट स्रोतका अनुसार पार्टीले जिम्मेवारी दिए मेयर बन्ने पक्षमा सिंह छिन्। तर सिंहले भने अहिले मेयरका लागि तयारी नगरेको प्रतिक्रिया दिने गरेकी छन्। यस्तै काठमाडौं क्षेत्र नम्बर ८ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि भएकी सपना जोशी पनि मेयरका लागि आकांक्षी छिन्। स्वर्गीय नवीन्द्रराज जोशीकी पत्नीसमेत रहेकी उनी नेविसंघबाट राजनीतिमा आएकी थिइन्। बागमती प्रदेश सांसद नरोत्तम वैद्य र नेता तीर्थराम डंगोल पनि मेयरका लागि आकांक्षी छन्।
Your email address will not be published. Required fields are marked *
No comment found