Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
प्रदेश

काठमाडौंका दसवटै नगरपालिकामा एमालेले टुंग्यायो उम्मेदवार

25 Apr 2022 0 Comment

काठमाडौंका दसवटै नगरपालिकामा एमालेले टुंग्यायो उम्मेदवार

काठमाडौं, नेकपा एमालेले काठमाडौंको दसवटै नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ । बाग्मती प्रदेश कमिटीेको बैठकले जिल्लाका दस नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार टुंग्याएको हो। 

कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा रामशरण ढुंगाना र उपमेयरमा शान्ता थापालाई उम्मेदवार बनाइने भएको छ। कीर्तिपुरको मेयरमा केशरत्न बज्राचार्य र उपमेयरमा बिन्दु महर्जन, गोकर्णेश्वरको मेयरमा उद्वव विष्ट र उपमेयरमा सान्नानी लामा,चन्द्रगिरीको मेयरमा उत्तमकुमार राउत र उप मेयरमा बसन्ती श्रेष्ठ, टोखाको मेयरमा प्रकाश अधिकारी र उपमेयरमा ज्ञानमाया डंगोललाई उम्मेदवार बनाउने भएको छ ।

यसैगरी तारकेश्वरको मेयरमा रामेश्वर बोहोरा र उपमेयरमा भावानी डोटेल‚ दक्षिणकालीको मेयरमा श्रीराम आचार्य र उपमेयरमा इन्दिरा पौडेल न्यौपाने, नागार्जुनको मेयरमा नन्दनहरी गौतम र उपमेयरमा सुशीला अधिकारी, बुढानीलकण्ठ नगरपालिकाको मेयरमा मिठाराम अधिकारी र उपमेयरमा अनिता लामा, शंखरापुर मेयरमा कृष्ण बजगाई र उपमेयरमा लक्ष्मी केसीलाई उम्मेदवार बनाउने भएको छ।

काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापित र उपमेयर उम्मेदवार सुनिता डंगोलले मनोनयन दर्ता गराइसकेका छन्। मनोनयन दर्ताका लागि आज साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको छ। 

Share:

Leave a Comment

Your email address will not be published. Required fields are marked *

No comment found