काठमाडौं, नेपाली कांग्रेसले काठमाडौंमा महानगरबाहेक आफ्नो भागमा परेका सबै नगरपालिकाको उम्मेदवार टुंग्याएको छ।
११ वटा स्थानीय तह रहेको काठमाडौंमा एउटा महानगरपालिका र १० वटा नगरपालिका छन्। तीमध्ये आठ नगरपालिकामा कांग्रेसले ८ मेयर र ६ उपमेयरमा उम्मेदवारी पाएको छ।
कांग्रेसले गोकर्णेश्वर नगरपालिकाको मेयरमा दीपक रिसाललालाई अघि सारेको छ भने उपमेयरमा शान्ति नेपाललाई दोहोर्याएको छ।
कागेश्वरी मनोहरामा उपेन्द्र कार्कीलाई पुनः उम्मेदवार बनाएको छ। उनी २०७४ सालको निर्वाचनमा पराजित भएका थिए। चन्द्रागिरि नगरपालिका मेयरमा घनश्याम गिरी र उपमेयरमा यमुनादेवी श्रेष्ठलाई उम्मेदवार बनाइएको छ।
तारकेश्वर नगरपालिका मेयरमा कृष्णहरी महर्जन र उपमेयरमा सिर्जना बुर्लाकोटी, दक्षिणकाली नगरपालिका मेयरमा मोहन बस्नेत र उपमेयरमा वसन्ती तामाङलाई अगाडि सारिएको छ।
त्यसैगरी नागार्जुन नगरपालिका मेयरमा मोहनबहादुर बस्नेत, उपमेयरमा कल्याणी खड्का तथा बुढानीलकण्ठ नगरपालिका मेयरमा विनोद चालिसे चयन भएका छन्।
शंखरापुर नगरपालिकामा मेयर र उपमेयरमा क्रमशः ओम कार्की र समिता श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।
Your email address will not be published. Required fields are marked *
No comment found