Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
Space For Advertisement Contact Us At 4518759
प्रदेश

दलहरुबीच सहमति नभई एमसीसी पास हुँदैन : सहमहामन्त्री आङ्देम्बे

11 Jan 2022 0 Comment

दलहरुबीच सहमति नभई एमसीसी पास हुँदैन : सहमहामन्त्री आङ्देम्बे
Space For Advertisement Contact Us At 4518759

पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदेम्बेले दलहरुबीच सहमति भएपछि मात्र एमसीसी पास हुने बताएका छन् । 

पाँचथर प्रेस युनियन पाँचथरले मङ्गलवार सदरमुकाम फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आङ्देम्बेले दलहरूबीचमा सहमति नभईकन एमसीसी पास नहुने बताएका हुन् ।    

उनले हिजो  सत्तामा भएकाहरूले सत्तामा हुँदा र सत्तामा नहुँदा  दिएका एमसीसी प्रतिको  फरक फरक अभिव्यक्तिले जनतामा एमसीसी प्रति भ्रम सृजना भएको बताए ।पार्टी भित्र विसङ्गतिहरू रहेको बताउँदै उनले त्यसलाई माथि केन्द्र देखि नै शुद्धीकरण गर्ने अभियान चलाइने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै आङदेम्बेले संसद अवरुद्ध बारे बोल्दै आङ्देम्बेले  विपक्षीले संसद अवरुद्ध गर्दा पनि  वार्ताबाटै समस्या समाधान गर्नुपर्नेमा उनको जोड थियो । उनले ‘संसद अवरुद्ध गर्ने अनि भत्ता चैँ खाइ रहने प्रवृत्ति'ले मुलुकलाई थप अन्योलतामा लगेको आङ्देम्बेको ठहर थियो ।

Space For Advertisement Contact Us At 4518759
Share:
Space For Advertisement Contact Us At 4518759

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Space For Advertisement Contact Us At 4518759

No comment found

Space For Advertisement Contact Us At 4518759