काठमाडाैं, वीर गणेशमान सिंह स्पोर्टस कमिटीले विभिन्न तीन खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने भएको छ।
स्पोर्टस कमिटीले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी तीन खेलका राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने जनाएको हो। स्पोर्टस कमिटीले वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ, बक्सिङ र टेनके रोड रेस आयोजना गर्ने भएको छ।
स्पोर्टस कमिटिले फागुन २१ देखि २३ सम्म वीर गणेशमान सिंह राष्ट्रिय फेन्सीङ आयोजना गर्नेछ। त्यसैगरी, आगामी बैशाख ६ देखि १० गतेसम्म वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ।
तेस्रो प्रतियोगिताको रुपमा तेस्रो वीर गणेशमान सिंह टेनके रोड रेस वैशाख १७ मा आयोजना गर्ने स्पोर्टस कमिटिले जनाएको छ। रोड रेसमा ५ किलोमिटरको दौड पनि समावेश गरिएको वीर गणेशमान सिंह स्पोर्टस कमिटीका संयोजक सञ्जीव तुलाधरले जानकारी दिए।
फेन्सिङका लागि २५ लाख, बक्सिङका लागि ५० लाख र रोड रेसका लागि १५ लाख खर्च लाग्ने स्पोर्टस कमिटिले जनाएको छ।
Your email address will not be published. Required fields are marked *
No comment found