Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
खेलकुद

फुटसल एसियन कप छनोट - नेपालले आज अफगानिस्तानको सामना गर्दै

12 Apr 2022 0 Comment

फुटसल एसियन कप छनोट  - नेपालले आज अफगानिस्तानको सामना गर्दै

काठमाडौँ , एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ । किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले आफ्नो अन्तिम खेलमा अफगानिस्तानको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । तर, बलियो टोली अफगानिस्तानलाई हराउँन नेपाललाई सहज भने छैन । पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ११–१ ले स्तब्ध भएको थियो ।

लगातार दोस्रो हारसँगै छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल बाहिरिसकेको छ । अफगानिस्तानलाई हराउँदै नेपाल सान्त्वना जित निकाल्ने योजनामा रहेको छ ।

Sub Category:
Share:

Leave a Comment

Your email address will not be published. Required fields are marked *

No comment found