Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
Space For Advertisement Contact Us At 4518759
आर्थिक

इजरायलले नेपालबाट कृषि प्रशिक्षार्थी लैजाने प्रतिबद्धता

18 Feb 2022 0 Comment

इजरायलले  नेपालबाट कृषि प्रशिक्षार्थी लैजाने  प्रतिबद्धता
Space For Advertisement Contact Us At 4518759

काठमाडौं, नेपालका साना किसान कृषि सहकारी संस्थाका सदस्यका युवा छोराछोरीहरूलाई प्रशिक्षार्थी कृषि अध्ययनका लागि इजरायल पठाउन नेपाल स्थित इजरायली राजदूतावासले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।साना किसान लघुवित्त वित्तीय संस्था एवं नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष खेम बहादुर पाठक, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइराला, डिसिइयो डा. नवराज सिम्खडा र डिसिईयो झलेन्द्र भट्टराई सँगको भेटमा इजरायली राजदूत हानान गोडरले कोरोना भाइरस कोभिड १९ का कारण केही समयदेखि रोकिएको कृषि प्रशिक्षार्थी पठाउन आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले नेपाली साना किसान सदस्यहरूको जीवन रूपान्तरणका लागि कृषि र पशुपालनमा आधारित प्रशिक्षार्थी नेपालबाट पठाउने कार्यले नेपालको आर्थिक सामाजिक रूपान्तरणमा खेलेको भूमिकाले आफूहरूलाई खुसी लागेको बताए । नेपालका ७५ भन्दा बढी जिल्लामा साना किसान सञ्जाल रहेको यस साना किसान अभियानसँग जोडिएर गाउँ तहका साना किसान सदस्यहरूलाई कृषि उत्पादनका लागि प्रविधिको सहयोग गर्न पाउँदा आफूहरूलाई खुसी लागेको बताए । 

नेपालबाट प्रशिक्षार्थीका रूपमा इजरायल गएर १० महिना कृषिको अभ्यास र अध्ययन गरेर फर्केका धेरै युवाहरु अहिले व्यवसायी बनिरहेका छन् । नेपालमै सम्भावनाको ढोका खोली रहेका छन् । भेटघाटका क्रममा साना किसान लघुवित्त वित्तीय संस्था  एवं नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष खेम बहादुर पाठकले कृषि तथा पशुजन्य उत्पादनमा युवा किसानहरूले खेलेको भूमिका प्रशंसा गर्न लायक रहेको बताए । 

नेपालका युवाहरूलाई इजरायलले प्रशिक्षार्थी विद्यार्थीका रूपमा अवसर दिएर नेपालका किसानहरूलाई ठूलो गुन लगाएको बताए । इजरायल सरकार र नेपाल स्थित इजरायली राजदूतावास एवं राजदूत हानान गोडरले खेल्नुभएको भूमिका महत्त्वपूर्ण रहेको भन्दै अध्यक्ष पाठकले सम्पूर्ण नेपालका किसानहरूको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । उनले नेपाल र इजरायलबिचको सम्बन्ध सुधारका लागि समेत कृषि अध्ययनका लागि विद्यार्थी इजरायल पठाउने कार्यक्रमले सहयोग पुगिरहेको बताए ।

इजरायलमा प्रयोग भएको नवीनतम प्रविधिलाई नेपालमा भित्राउन यस कार्यक्रम महत्त्वपूर्ण रहेको बताए । उनले पूर्व मेची देखी पश्चिम महाकाली सम्मका युवा किसानहरूलाई समेट्दै यो कार्यक्रमलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए । इजरायले प्रदान गरेको यो अवसरका कारण नेपालका गरिब, विपन्न, दलित, महिला, अल्पसङ्ख्या लगायतको जीवन परिवर्तनमा ठूलो सहयोग पुगेको अध्यक्ष पाठकले बताए ।

अहिले इजरायलबाट नेपाल फर्केका युवाहरूले देशकै लागि नमुना योग्य कृषि गरिरहेको स्मरण गर्दै अध्यक्ष पाठकले सरकारले पनि यस कार्यक्रमलाई साथ दिनुपर्नेमा जोड दिए ।

इजरायलबाट सिप सिकेर फर्केका धादिङको जीवनपुरका युद्ध न्यौपानेले अहिले वार्षिक एक करोड बरावरको तरकारी बिक्री गरिरहेका छन् । यसै गरी धादिङकै नौ विसेका देवराज आचार्यले पनि उदाहरणीय तरकारी खेती गरिरहेका छन् । 

यसै गरी तनहुँको बाख्रा फार्म, रुपन्देहीको सृजना चौधरीले गरेको माछा पालन व्यवसाय, झापाका चन्द्र बस्नेतको कृषि कर्म लगायत यस्तै धेरै युवाहरूको कृषि तथा पशुपालनको कर्म हेर्न लायक रहेका छन् । इजरायली प्रविधिको सहयोगमा अहिले नेपालमा धेरै युवाहरु व्यवसायी बनिसकेका छन् । यसै गरी धेरै युवाहरु इजरायलबाट सिप सिकेर नेपाल फर्केकाहरूबाट प्रेरित भएर कृषि कर्ममा राम्रो आम्दानी गरिरहेका छन् ।

कार्यक्रमलाई नियमित गर्ने र थप कोटा बढाउने बताएका नेपालका लागि इजरायली राजदूत यस अघि पनि नेपालका लागि राजदूत भइसकेका थिए । नेपाल मामिला बारे राम्रो जानकारी राख्ने राजदूत हानान गोडर कै अग्रसरतामा नेपालका साना किसानका छोराछोरीहरूलाई १० महिने प्रशिक्षार्थी कामदारका रूपमा इजरायल पठाउने कार्यको थालनी भएको थियो ।

Space For Advertisement Contact Us At 4518759
Share:
Space For Advertisement Contact Us At 4518759

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Space For Advertisement Contact Us At 4518759

No comment found

Space For Advertisement Contact Us At 4518759