काठमाडौं । सरकारले नयाँ शैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ ।
यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ ।
चालू शैक्षिक सत्रको पढाइ चैतसम्मै सञ्चालन गर्ने र परीक्षा सञ्चालन, नतिजा प्रकाशन, नयाँ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलगायतका काम आगामी वैशाखभित्र सम्पन्न गर्ने मन्त्रालयको योजना छ ।
मन्त्रालयको तयारी अनुसार नै शैक्षिक सत्रको व्यवस्थापन भयो भने निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको शुल्क व्यवस्थापनमा समस्या आउने देखिन्छ ।
यो वर्षको शैक्षिक सत्र सकेर नयाँ शैक्षिक सत्रमा विद्यालय परिवर्तन गर्ने विद्यालयले पुरानो विद्यालयमा कुन महिनासम्मको शुल्क तिर्ने भन्ने अन्योल देखिन्छ । गोरखापत्र दैनिकमा खबर छ ।
Your email address will not be published. Required fields are marked *
No comment found