काठमाडौं, शिक्षा मन्त्रालयले सरकारीसँगै निजी विद्यालयमा पनि हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ ।
मन्त्रालयमा आज बसेको बैठकले जेठ १ गतेदेखि लागू हुने गरी निजी र सरकारी विद्यालयमा दुई दिन नै बिदा दिने निर्णय गरेको हो ।
सरकारले दुई दिन बिदा दिने निर्णय यसअघि नै गरेपनि मन्त्रालयले भने निजी र सरकारी दुबैमा बिदा लागू हुने निर्णय गरेको छ ।
शनिबार र आइतबार बिदा हुने भएपछि शुक्रबार ४ बजेसम्म पढाइ हुनेछ ।
मन्त्रालयको निर्णयअनुसार विद्यालय बिहान १० देखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । हिउँदे, वर्खे र स्थानीय बिदालगायतको बिदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिन बिदा दिन सकिने निर्णय गरिएको छ ।
Your email address will not be published. Required fields are marked *
No comment found