Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
समाचार

युक्रेनविरुद्ध थप ठूलो आक्रमण आवश्यक छैन - पुटिन

15 Oct 2022 0 Comment

युक्रेनविरुद्ध थप ठूलो आक्रमण आवश्यक छैन - पुटिन

कजाकस्तान, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नरहेको र क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको बताएका छन्। कजाकिस्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि पत्रकारहरूसँग उनले भने, “अहिले ठूलो आक्रमणको आवश्यकता छैन। अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक छन्।” रुसले युक्रेनको राजधानी कीभलगायत सम्पूर्ण क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको केही दिनपछि उनले सो कुरा बताएका हुन्।

फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएका पुटिनले मित्रराष्ट्रहरूबाट समेत अलगाव र आलोचनाको सामना गरिरहेका छन्। तर युक्रेनमा सरकार ढाल्ने असफल प्रयास र हप्तौँदेखिको क्षेत्रीय क्षतिका बाबजुद रुसले ‘सबै कुरा ठिक गरिरहेको’ उनले बताए। उनले भने, “आज जे भइरहेको छ, त्यो सुखद छैन। यदि रुसले फेब्रुअरीमा आक्रमण नगरेको भए हामी पनि त्यस्तै अवस्थामा हुने थियौँ। केवल हाम्रो लागि स्थिति खराब हुने थियो।” रुसी नेता पुटिनले थपे “त्यसैले हामी सबै कुरा ठिक गरिरहेका छौँ।”

यद्यपि उनले मस्कोका पूर्व सोभियत सहयोगीहरू द्वन्द्वलाई लिएर ‘चिन्तित’ रहेको स्वीकार गरेका छन्। पुटिनले भने, “पक्कै पनि हाम्रा साझेदारहरू रुसी–युक्रेनी सम्बन्धको भविष्यप्रति चासो राख्छन् र चिन्तित छन् तर यसले क्रेमलिनसँगको सम्बन्धमा कुनै असर नपार्ने उनको दाबी छ।

उनले रुसमा परिचालन विस्तार गर्ने आफ्नो कुनै योजना नरहेको पनि बताएका छन्।

पुटिनले भने, “थप केही पनि योजना छैन। रक्षा मन्त्रालयबाट कुनै प्रस्ताव प्राप्त भएको छैन र म निकट भविष्यमा कुनै थप आक्रमणको आवश्यकता देख्दिनँ।” उनले युद्धका लागि तीन लाख जनशक्ति परिचालन गर्ने लक्ष्य रहेकोमा दुई लाख २२ हजार जनशक्ति परिचालन गरिएको पनि बताउँदै करिब दुई हप्ताभित्र सबै परिचालनका काम सम्पन्न हुने उल्लेख गरे।

Sub Category:
Share:

Leave a Comment

Your email address will not be published. Required fields are marked *

No comment found