Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
समाचार

कोरोना संक्रमितलाई फोक्सोमा रगत जम्ने समस्या - अध्ययन

02 Jun 2022 0 Comment

कोरोना संक्रमितलाई फोक्सोमा रगत जम्ने समस्या - अध्ययन

पेरिस, कोभिडको संक्रमण भएका मानिसहरुमा फोक्सोमा रगत जम्ने समस्या उत्पन्न हुनसक्ने एक अध्ययनले देखिएको छ । हालै गरिएको सो अध्ययनमा कोभिड भएर निको भएका मानिसमा यस्तो समस्या उत्पन्न भएको पाइएको छ । कोभिडको संक्रमण नभएका मानिसमा भन्दा भएका मानिसमा यस्तो समस्या दोब्बर देखिएको अध्ययनमा पाइएको हो । 

युएस सेन्टरस् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनको अध्ययनबाट सो पाइएको बताइएको छ । सन् २०२० को मार्चदेखि सन् २०२१ को नोभेम्बरसम्म कोभिड संक्रमणमा परेका करिब ३ लाख ५० हजार जना मानिसमा सो अनुसन्धान गरिएको सो सेन्टरले जनाएको एएफपी समाचार समितिले गतहप्ता जनाएको छ । 

Share:

Leave a Comment

Your email address will not be published. Required fields are marked *

No comment found