देशको कानुन संविधानले बनेको छ । संविधान जनताको लागि धार्मिक ग्रन्थ जस्तै पबित्र मानिन्छ तर कोहि नेता हरुले यसलाई खेलौना बनाए अनि पश्चताप गरिरहेका स्प्रष्ट देखिन्छ । तै पनि देश भर चुनावी रौनक देख्दा नतिजा राम्रै आउंछ भन्ने आंकलन पनि गर्न सकिन्छ । नेपालमा जनताहरु जति मै जान्ने छु भन्ने गरेता पनि अधिकांश जनताहरु विभिन्न दलका फेरिया छन् । दलहरुले जति कानुन मिचे पनि, संविधान कुल्चे पनि ति दलका फेरिया बोकेका जनताले सहि हो भन्ने नारा लगाउनै पर्ने हुन्छ । सिद्धान्तका कुरा गर्ने केन्दि्रय नेताले यो संसारमा शभ्य समाज, विकासक्रम र क्रान्तिले भएको हो भन्ने बुझ्नु पर्छ । जुनसुकै ठुला पार्टीले विभिन्न काल खण्डमा क्रान्ति गरेको देखिन्छ । केही नेताले, आजको नयां क्रान्ति गठबन्धनको स्वरुप पनि हुन सक्छ भनेर लिन सक्छन् । आज सम्म केन्द्रका नेताहरुको भनाई देख्दा अझै गठबन्धन हुन्छ भन्नेमा विश्वस्त छैन । तर सबै दलहरु कोहि न कोहि दल संग गठबन्धन चाहि हुन्नै पर्छ भन्नेमा छन् । मात्र आफ्नो हैसियत अनुसारको पदको माग भएमा त्यो सम्भव देखिन्छ । यसरी गठबन्धन भई हालेमा पनि मतदाताले स्थानिय नेताको व्यक्तिगत आचरण पक्कै पनि हेर्ने छ । समाजमा कसैको लागि नराम्रो व्यक्तिगत आचरण भएको नेता यदि उसले उनीहरुलाई दुःखमा सहयोग गरेको छ भने अवश्य मत पाउनेछ, कुनै पनि गठबन्धनले असर गर्ने छैन् ।
दुई तिहाई बहुमतको एमाले र माओबादी साथै अन्य साना अवसरबादी दलहरुले सत्ता गठबन्धन गरी सरकार चलाउनै सकेनन् । मुख्यतः भाग बण्डा नमिलेको कुरा प्रष्ट छ भने अर्को कुरा बैदेशिक सहायता बिस्तारै घट्दै जानु पनि हो । चुनाबी खर्च उठाउन , आउसे जाउसे लाई भरण पोषण गर्न बढी भन्दा बढी भएकाले सबैको चित्त बुझाउन नसकेकाले बिस्तारै सरकार प्रति आफ्नै दलका नेताहरुले असहयोग गरे । अन्तमा नेपाल कम्युनिष्ट पार्टीका दुई वटा अध्यक्ष मात्र होइन एमालेका शक्तिसालि नेताहरु पनि अलग भएर पार्टी विभाजन भयो । छिमेकी मुलुक र अन्य सहयोगि देशलाई उल्टो गालि गलौज गरि देशभक्ति दल जनतालाई देखाउनको लागि दुरी बढाए । दुरी बढाएर देशलाई स्वाभलम्वन बनाएको भए एमालेले उसको नेतृत्वमा एक शताब्दी देश हाक्न सक्थ्यो तर त्यो अवसर गुमायो । घरहरुमा ग्यांस चुल्हो र खोलाहरुमा पानीजहाज आउछ भन्ने भाषण, भाषण मै सिमित रह्यो । यस्ता वाहियात कुराहरुले गर्दा एमाले आफैमा पतन हुदै गएको स्पष्ट देखिन्छ ।
राप्रपा पनि देशको पुरानो दल भएकाले केही न ढांचा अवश्य पनि छ । बुढापाकाहरुले उनका नेताहरु स्वर्गबास भएता पनि उनीहरुले लगाएको गुन बिर्सेका छैनन् तर कुन राप्रपा भन्नेमा चांही अवश्य पनि प्रश्न रहनेछ । दल र दरबारको टाउके हुन हान थाप भएको राप्रपा पनि पहिलेको भन्दा अझ कमजोर बन्नेमा निश्चित छ । बांकी रहेका वैकल्पिक शक्ति भनाउदा दलहरु आफ्नो दलको उचित व्यवस्थापन मै असफल भएकाले नाम मात्रको दल हुन पनि सक्छन् । मधेशी दलहरु फुट्ने, जुट्ने र सरकारमा सामेल हुन तछाड्, मछाड् गर्ने प्रबृत्ति सदियौ देखि चल्दै आएकोले पत्तासाफ हुन् पनि सक्छन् किनकी सत्ता गठबन्धनका प्रमुख दलहरुले यो निर्वाचनमा आफ्नो कोल्टामा जनतालाई लिन सजिलो छ । जात, धर्म र स्थानलाई राजनितीकरण गरी खाएका मधेशी दलहरुले त्यहांका जनताहरुलाई नराम्रो संग चुसिरहेका छन् । भ्रष्टचारमा नेपालकै पहिलो स्थानमा छ, मधेश क्षेत्र । नेता भनाउदाहरुले नै आफ्ना कार्यकर्तालाई जालझेलमा पारेर दुःख दिईरहेका छन् । त्यसैले बौद्धिक मधेशी जनताहरुले ठुलो दललाई नै चुन्ने देखिन्छ ।
सत्ता गठबन्धनमा सामेल भएका दलहरुले उचित तालमेल तल्ला स्तरका कार्यक्रर्ताहरु सम्म बनाए भने सबै दलहरुलाई फाइदा नै देखिन्छ । खास गरि माओवादीले आफ्नो स्तर कायम राख्न र समाजबादी, एमाले सरहको दल हुने ठुलो अवसर देखिन्छ तर जनता माझ कसरी जाने भन्ने सवाल छ । एमाले संग मिलेर जनयुद्ध देखीको पार्टीको बिलिन गराउन खोजेको कार्यकर्ताको नेताहरुलाई आरोप छदैछ । त्यो एक भुल भयो भनेर प्रचण्डले भनि सके पनि त्यसलाई सजिलै जनताले भुल्ने छैनन् । कांग्रेस संग सत्ता गठबन्धन गर्न र गराउन दुई भाई बनेका प्रचण्ड-माधव कांग्रेस तथा शेरबहादुर देउवा लाई आफनो अविभावक जस्तो मानेका छन् । यो प्रचण्डको राजनैतिक चतुर्याइ मान्न सकिन्छ र निकट भविष्यमा सबैलाई फलदाई अवश्य पनि हुनेछ ।
अब जोड, घटाऊ कुन दलले जनतालाई कस्ता आश्वासन दिने भन्ने कुरा उठ्छ । जनता अब यत्ति अबुझ पनि छैनन् की आश्वासन भन्दा व्यक्तिगत स्वार्थमा लागेका नेतालाई पत्तासाफ पार्नेमा छन् । आफ्ने अमुल्य मत जनताले नेताको व्यक्तिगत फाईदा भन्दा समग्र समाज विकासका लागि असल नेता र दल चुन्न चाहान्छन् । अपबाद बाहेक हरेक नेपाली हरेक कुरामा आफैमा सक्षम भईसकेका छन् । रक्सी, मासु र केही नगदमा अब नेपाली बिक्दैनन् मात्र दुःखमा साथ मात्र चाहान्छन । त्यस वखत कुन दलका नेताले सहयोग गरेका छन् पक्कै पनि एक एक हिसाब राखेका छन् जनताले, यो मेरो गांऊ डुल्ने सम्बन्धमा जनता संग प्रत्यक्ष संबादका सन्दर्भहरु पनि हुन् । दल अनुसार गाऊ गाऊमा आ आफ्नै किसिमले चुनाबी सुत्र चलाई रहेका छन, जनताले जो सुकैलाई पनि हुन्छ, भैहाल्छ भन्ने आश्बासन दिएका छन् । जनतालाई दुःख पर्दा हुन्छ भनेर जुन दलका नेताले भनेका थिए र समयमै सक्दो सहयोग भएको थियो पक्कै पनि त्यो दल वा नेतालाई भोट जान्छ नै । जुन दल वा नेताले हुन्छ भन्ने आश्वासन दिएर भेट्दा मात्र मुसुक्क हासेका थिए ति दल तथा नेताले त्यही मुसुक्क हासो मात्र पाउनेमा द्धिविधा छैन् ।
एमाले होस वा अन्य कुनै दल तिनिहरुले संविधान मिचुन वा कानुन यदि जनतालाई दुःखमा साथ दिएका छन भने अवश्य पनि निरन्तरता पाउछन् तर दल विभाजन भएको छ । जनता बाडिएका छन् । सरकारमा हुदा पनि जनताले सहयोग पाएनन् भन्ने चौर्तफी आवाज उठेका छन् । विकास निर्माणका काममा चरम लापरबाहि छ । विभिन्न भाग बण्डा मिलाउन नसकेर पार्टी दुई टुक्रा भएको छ अवश्य पनि क्षति त भएकै छ । एमालेले नराम्रो संग हार बेहोर्न स्प्रष्ट देखिन्छ । उता दुई भाई जस्तै सहकार्य गरि अगाडी बढेका प्रचण्ड-माधवको चतुर्याईले दोस्रो तेस्र हुने होड बाजी नै छ । जनताले कम्युनिष्टहरुको दुई तिहाइ बहुमत सरकारको चर्तिकला देखेर दिक्क भएकाहरु नेपाली कांग्रसलाई भोट हाल्न आंतुर छन् । नेपाली कांग्रेसमा पनि केही व्यक्तिगत स्वार्थ बोकेका नेताले नराम्रो संग पराजय बोक्ने छन र त्यसको फाइदा केही हद सम्म एमाले लाई जाने छ । यो स्थिति धेरै भएमा एमाले दोस्रो दल हुन पनि बेर लाग्दैन । मात्र कांग्रेसमा कस्ता नेता उठ्छन् भन्ने सवाल छ, त्यसो त काग्रेसमा व्यक्तिगत स्वार्थ बोकेका, नाताबाद, कृपाबाद र झोले प्रवृक्तिका नेताहरु कमै छन् । जनतालाई दुःख परेको बेला चौबिसै घण्टा सहयोग गरेकै छन पक्कै पनि त्यसता नेताले नै अवसर पाउनेछ र दल पनि अवश्य नै पहिलो हुनेछ ।
- लेखक पीबि के.सी. सर्चअल नेपाल डट कम का प्रधान सम्पादक हुन
Your email address will not be published. Required fields are marked *
No comment found