Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
समाचार

संसदीय दलको नेतामा देउवा निर्वाचित

21 Dec 2022 0 Comment

संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडौं, नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेर बहादुर देउवा निर्वाचित भएका छन् । 

आज बिहान सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेता चुनिएका हुन् । 

सभापति देउवाले ६४ मत ल्याउँदा महामन्त्री थापाले २५ मत पाए । कांग्रेस संसदीय दलका लागि ८९ जना सांसदले मतदान गरेका थिए। 

गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।

No description available.

 

Share:

Leave a Comment

Your email address will not be published. Required fields are marked *

No comment found