Putalisadak, kathmandu, Nepal moon icon About Contact
searchallnepal logo
समाचार

देउवाले प्रचण्डलाई दिए बधाई

26 Dec 2022 0 Comment

देउवाले प्रचण्डलाई दिए बधाई

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । नेता देउवाले सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिएका हुन् । ‘कांग्रेसका नेताहरूले फोन गर्नुभयो, बधाई दिनुभयो । भर्खर शेरबहादुर देउवाले पनि बधाई दिनुभयो’, उपाध्यक्ष कृष्णबहादुर महराले भने,‘रामचन्द्र पौडेल त खुलेर बोल्नुभयो, देउवाको हठले गठबन्धन टुट्यो भन्नुभयो ।’

उपाध्यक्ष महराले पदाधिकारी बैठकपछि भने, ‘ अब कांग्रेसलाई पनि प्रधानमन्त्री स्वीकार्य भयो ।’

Share:

Leave a Comment

Your email address will not be published. Required fields are marked *

No comment found